Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

खोपको रेकर्ड राख्न डिजिटलाईजेसन गदै गाउँपालिका

दैलेख  :  गाउँपालिकामा रहेका १८ वर्ष माथीका नागरिकले कोरोना बिरुद्धको खोप लगाए नलगाएको बिवरण संकलन गरी भ्याक्सिनेसन डिजिटलाइजेसन( पुर्ण रुपमा अनलाईन रेर्कड) गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,डब्लु.एच.ओ. र यूएनडिपिको र्आिथक तथा प्राबिधिक सहयोगमा गुराँस गाउँपालिकाको समन्वय र सेवक दैलेखद्धारा सञ्चालित भ्याक्सिनेसन डिजिटलाइजेसन परियोजना द्धारा खोप लगाएका र नलगाएका नागरिकको तथ्याङक संकलन गरी डिजिटलाईजेसन गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीले कोभिड–१९ विरुद्ध खोपको रेकर्डिङ तथा रिपोर्टिङको कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडामा गणकहरु पठाइएको जानकारी दिए । उनले कोरोना खोपको रेकर्डिङ अनलाईन प्रणालीमा राख्ने र त्यस बाट आफ्नो गाउँपालिकाका कति जना नागरिकले खोप प्राप्त गरे र कति बाँकी छन भन्ने जानकारी राख्न सहज हुने बताए ।

सेबक दैलेखका अध्यक्ष महारुप खत्रीले खोप कार्यक्रम बाट कोभिड–१९ रोग विरुद्ध लगाइने खोपको रेकर्ड तथा रिपोर्टिङलाई पूर्ण रुपमा विद्युतीय सिस्टमा लैजानका लागि यो परियोजना संचालन गरिएको बताए । उनले कोभिड–१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्षभन्दा माथिको उमेर समूह, खोप लगाउनबाट बञ्चित र यसअघि एक मात्र खोपको डोज लगाएका नागरिकले अनिवार्य रुपमा अनलाईन दर्ता गर्नु पर्ने बताए ।

नेपालमा रहेका गाउँपालिका मध्ये दैलेखको गुराँस गाउँपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको बताउँदै अध्यक्ष खत्रीले भने गुराँस गाउँपालिकामा २५ हजार नागरिक रहेको अनुमान गरिएपनि अहिले सम्म सात हजार सात सयले खोप लागएको रेर्कड प्राप्त भएको छ ।

गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्चायले गाउँपालिकामा संचालित खोप परियोजनाले गाउँपालिकामा खोप लगाएका र लगाउन बाँकी रहेको समूहको एकिन तथ्याङ्क सङ्कलन गर्ने र नलगाएका नागरिकलाई खोप प्रदान गर्न सहज पुग्ने बताए ।

खोप लगाउन कोभिड विरुद्धको प्रि–अनलाइन फाराम भरेपछि लाभग्राहीले एउटा युनिक कोडनम्बर पाउने र विदेशी मुलुकले आफ्नो देशमा आउने पर्यटक र कामदारलाई खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा सहज हुने अपेक्षा गरिएको छ ।

error: Content is protected !!