रामाघाटको बस्ती डुवानमा
दैलेख : दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षातका कारण कर्णाली नदिको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो । रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताए ।
कर्णाली नदिमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ । बस्ती नै डुवानमा परेपछि स्थानीय नागरिकहरु बिचल्लीमा परेको स्थानीय नैन बहादुर शाहीले जानकारी दिनुभयो । उहाँले बस्ती नै डुवानमा परेपनि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रामाघाट किनारको बस्तीमा पानी पसेपछि सबैलाई सुरक्षीत स्थानमा सारिएको र मानवीय क्षती भने केही नभएको बताए । उनले जिल्लाभर खोलाका किनारमा रहेका बस्तीहरुलाई सुरक्षीत स्थानमा सर्न समेत आग्रह गरिएको बताए ।
उनले भने लगातारको वर्षाका कारण कर्णाली राजमार्गको घटेखोला र खिड्कीजिउलामा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको र दैलेख सुर्खेत सडक खण्डको सियाकोट नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको डोजर लगाएर पहिरो हटाउने काम सुरु भएको जानकारी दिए ।