Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

मृत्यु भएका परिवारलाई सरकारले २ लाखसम्म दिने

काठमाडौं  : सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ ।

बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।