Loading... आजः आइतवार, असार २९, २०८२
Trending

गुराँस अस्पताललाई आइसियु बेड

दैलेख  :  गुराँस गाउँपालिकाले रानीमत्तामा सञ्चालनमा ल्याएको अस्पताललाई आइसियु बेड सहितको सामग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा–दोस्रो परियोजनाले अस्पताललाई दुई वटा आइसियु बेड र अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बिसीले गुराँस गाउँपालिकामा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले दुई थान आइसियु बेड र अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको बताए  । उनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक विद्यालयहरु, बाल विकास केन्द्रहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा गुराँस अस्पतालका लागि १५ लाख ५ हजार बराबरको स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहयोग गरिएको बताए ।
गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्चायले सबैको सहयोग र समन्वय बाट नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिनु सबैको कर्तत्ब्य भएको बताए । उनले गाउँपालिकाले निति तथा कार्यक्रम अनुसार काम गरिरहेको भएपनि त्यसलाई थप प्रभावकारी बनाउँन अन्य गैरसरकारी सस्थाहरुको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रम निर्देशक बिसीले दश हजार यूनिट बाटर क्लोरिन, तीन सय वटा पलाष्टिक बाल्टि, एक हजार २ सय ५० वटा साबुन , तीन सय वटा टावेल, तीन सय वटा पलाष्टिक जग, एक सय ४५ वटा पल्स अक्सिमिटर, एक लाख थान सर्जिकल मास्क, तीन हजार थान ग्लोब्स, तनि सय थान फेस सिल्ड, पाँच सय एमएलको एक हजार दुई सय ५० बोटल ह्याण्ड सेनीटाइजर दिएको बताए ।