खड्काले लिए परराष्ट्रमन्त्रीको शपथ
काठमाडौं : नेपाली कांग्रेसका नेता डा नारायण खड्काले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई आजै परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्। परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन ।