Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

असोज ९ गते गाउँ र नगर अधिवेसन सक्ने काँग्रेसको निर्णय

काठमाडौं  :  नेपाली काँग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै गर्ने भएको छ ।बुधबार अपराह्न संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारीको बैठकले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यही असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । साथै, क्रियाशील विवाद पनि असोज ९ गतेभित्रै सक्ने उनले जानकारी दिए ।