Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

संबिधान दिवसका अवसरमा कोतगढि सफाई

दैलेख :  संबिधान दिवसको अवसरमा जिल्लाको ऐतिहासिक कोतगढी सरसफाई गरिएको छ । संबिधान दिवस मुल समारोह समितिको आयोजनामा दैलेखमा रहेको ऐतिहासिक कोतगडीको सरसफाई गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख पेम बहादुर थापाको नेतृत्वमा गठन गरिएको सविधान दिवस मुल समारोह समितिले शनिवार कोतगढीमा सरसफाई गरिएको हो ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले संबिधान दिवसमा नारायण नगरपालिकाको अगुवाईमा कोतगढी सरसफाई गरिएको बताए । उनले ऐतिहासिक कोतगढीको नगरपालिका पुर्न निर्माणमा जुटेको बताँदै यो आर्थिक वर्षमा कोतगढीमा २५ लाख रकम खर्च गरेर आर्कषण बनाउने तयारी नगरपालिकाले गरेको बताए ।

नेपाली सेनाका नाममा रहेको कोतगढीलाई स्थानीय सरकार माहतत ल्याउन प्रयास भईरहेको नारायण नगरपालिकाले जानकारी दिएको छ । परापूर्वकालमा पाँच भाइ पाण्डवले सात दिन सात रात लगाएर बनाएको किम्बदन्ती छ । गढीमा १३ चुच्चा र १३ प्वाल छन्। करिब ५० देखि ७० मिटरसम्म फैलिएको छ । करिब १२ फिट अग्लो छ ।

प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले संबिधान दिवसको अवसरमा जिल्लामा तीन वठा कार्यक्रम गर्न लागिएको बताए । उनले २,३,४ गते जिल्लाका सबै सरकारी कार्यालय,सार्वजनिक कार्यालय,सामुदायिक संघ सस्थामा राष्ट्रिय झण्डा सजाई सरसफाई गर्ने ,ऐतिहासिक कोतगडी सरसफाई गर्ने ,३ गते देवकोटाचोकमा दिप प्रज्वलन गर्ने,स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेको बिरामीलाई फलफुल वितरण गर्ने , स्थानीय संघ संस्थामो सहयोगमा संबिधान दिवस सम्बन्धी बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाउने निर्णय भएको बताए ।