Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने


सुर्खेत   : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट एकलौटी हवाई उडान गर्दै आएको वुद्ध एयरको एकाधिकार तोड्न गुण एयरलाइन्स खडा भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले कम्तिमा दशैं अगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्नेगरी तयारी थालिरहेको हो ।

यो एयरलाइन्ससँग हाल पाँच ओटा जेट इन्जिन र दुई ओटा ट्वीअटर जहाज छन् । देशका पाँच ओटा गन्तव्यमा उडान भर्नेगरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उनकाअनुसार सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन भैरहवा र नेपालगञ्ज उडान भर्ने योजना छ ।

नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकोले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । हाम्रो लक्ष्य भनेकै ग्राहकहरुलाई सस्तोमा भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो,’ थापा भन्छन्, ‘यसैपनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सिँधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजवत बनेर जुट्दैछ । यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’

सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एक ओटा हुनेछ । सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन् । तर हाल कायम रहेकोभन्दा केही सस्तोदर कायम रहन्छ,’ प्रवक्ता थापाले भने । वुद्धले हाल सुर्खेत काठमाडौं उडान भाडा प्रति यात्रु दैनिक ८ हजार १२५, नौ हजार १२५ र ११ हजार कायम गरेको छ । सुर्खेत–काठमाडौं उडान भर्ने जहाजको सीट क्षमता ३० रहेकोले गुण एयरलाइन्सले दैनिक उडान भर्नेमा यहाँका पर्यटन व्यवसायी ढुक्क छन् ।

 

error: Content is protected !!