Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

सत्ता गठबन्धन लोभीपापीको झुण्ड : रायमाझी


काठमाडौं  :  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभीपापीहरुको झेण्ड भएको बताएका छन ।

बिहीबार रिपोर्टर्स क्लवमा पूर्व उपप्रधानमन्त्री रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका हुन् ।

उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका बताए । सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको भन्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले कम्युनिष्ट भन्दै काँग्रेसको घोषणा पत्र बोकेर हिँड्नेलाई कम्युनिष्ट भन्न नमिल्ने बताए ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले भने राष्ट्र र जनता भन्दा आफ्नो स्वार्थ र गुटको स्वार्थ, व्यक्तिको स्वार्थको कारणले यो सबै भइरहेको छ, त्यसकारण को सही को गलत तुलनात्मक रुपमा विचार गर्नुपर्ने बेला भएको छ, कम्युनिष्ट हुँ भन्दै काँग्रेसको पुच्छर बनेर काँग्रेसको घोषणा पत्र बोक्नेलाई कसैले कम्युनिष्ट भन्न नसकिने बताए ।