Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

शिक्षक हत्यामा संलग्न आरोपी महिला सार्वजनिक

दैलेख  :  जिल्लाको गुराँस गाउँपालिका–८ छोटे पोखरा स्थित मालिका माध्यामीक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बहादुर बिसीको हत्यामा संलग्न व्यक्ति प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार सम्मेलन मार्फत आरोपीत गुराँस गाउपालिका वडा नं ८ छोटेपोखरास्थित बर्ष २५ की मुना रानालाई सार्वजनिक गरेको हो । शिक्षक नगेन्द्र बहादुर बिसीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मङ्गलवार नियन्त्रकमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यतिहरुको बयान बाट एक जना हत्यामा संलग्न रहेको पुष्टि भएपछि सार्वजनिक गरिएको बताए ।

उनले व्यक्तिगत रिसइविको कारण २८ गते राती अन्दाजी ०१.३० बजेको समयमा धारिलो बस्तुले घाटीमा प्रहार गरि कर्तव्य गरी मारेको भनी अनुसन्धानको क्रममा अपराध स्वीकार गरेको समेतको आधारमा पिडित पक्षबाट जाहेरी दरखास्त लिई निज प्रतिवादि मुना रानालाई कर्तव्य ज्यान कसुरको अनुसन्धान लागि दैलेख जिल्ला अदालत बाट म्याद थप गरि बिस्तृत अनुसन्धान कार्य भइरहेको बताए ।

मङ्गलवार ४२ बर्सिया बिसीको घाटी रेटेर उहाँले पढाउँदै आएको मालिका माध्यमिक विद्यालयको वराण्डामा शव फेला परेको थियो । स्थानीयले विद्यालयको वराण्डामा बिसीको सब देखे पछि प्रहरीलाई खबर गरेका थिए । मृतक शिक्षकका दुई छोरा र श्रीमीती हुनुहुन्छ ।

error: Content is protected !!