Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

देशभरि ७२६ सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौं  : नेपालमा हाल ७२६ जना कोभिड १९ का सङ्क्रमित आईसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेकोमा ७२६ जना गम्भिर अवस्थामा उपचारार्थ छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क बमोजिम सबैभन्दा बढी बागमती प्रदेशमा ४३३ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । बागमतीमा हाल ११ हजार ६३१ जना सक्रिय सङ्क्रमित छन् । बागमतीका ३२२ जना सङ्क्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ भने १११ जना भेन्टिलेटरमा छन् । सबैभन्दा कम प्रदेश २ मा तीन जनालाई आईसीयू९सघन उपचार कक्ष०मा राखेर उपचारको आवश्यकता परेको हो ।

प्रदेश १ मा हाल ८५ जना आईसीयू र ३९ जना भेन्टिलेटरमा उपचारार्थ छन् । गण्डकी प्रदेशका ८७ जना सङ्क्रमितलाई आईसीयू र पाँच जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । लुम्बिनिमा ४५ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचारार्थ छन् । कर्णालीमा चार जनालाई आईसीयूमा र दुई जनालाई भेन्टिलेटरमा उपचारको आवश्यकता परेको छ । सुदूरपश्चिममा आठ जना आईसीयू र सात जना भेन्टिलेटरमा छन् ।