Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

शनिवार १२ सय कोरोनाभाइरस संक्रमित थपिए

काठमाडौं  :  पछिल्लो २४ घण्टामा १२ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ वटा नमूना ९पीसीआर ६,७५३ र एन्टीजेन ३,१२२० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार ९ जनाको मृत्यु भएको छ भने २१ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।हालसम्म मुलुकमा ३१ हजार ८ सय २६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८१८ जनाले ज्यान गुमाएका छन् ।अहिलेसम्म आईसीयूमा ५५४ जना, भेन्टिलेटरमा १७२ जना, होम आइसोलेशनमा २९,६५८ जना, संस्थागत आइसोलेशनमा २,१६८ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

 

error: Content is protected !!