कर्णालीका सांसद द्वय शाही र ओली एमाले छाडेर समाजवादीतिर
सुर्खेत : माधव नेपाल निकट कर्णाली प्रदेश सभाको दुई जना सांसदले नेकपा एकीकृत समाजवादी नै रोजेका छन् । मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्रबहादुर शाही र रुकुमपश्चिमकी सांसद देवी ओली नेकपा एकृकीत समाजवादीमा लागेका हुन् ।
एमाले मुगुका सस्थापक, केन्द्रीय सदस्य समेत रहेको शाहीले नेपालीरैबारसँग कुरा गर्दै भने, ‘म जेठपछिको मनोनित सदस्य भएकोले सनाखत गर्न मिलेन म समाजवादीमै छु ।’ सांसद ओली भने यसअघि नै आफू समाजवादी पार्टीमा लागिसकेको बताइसकेकी छन् । शाही र आली दुवै जना समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । कर्णालीबाट सनाखत गर्नेमा प्रकाश ज्वाला, शेरबहादुर केसी र हंशबहादुर शाही छन् । उनीहरु निर्वाचन आयोगमै पुगेर सनाखत गरेका हुन् । साभार नेपाली रैवार