Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

एमाले फुटाउने गरी गलत नियतले अध्यादेश आयोः अध्यक्ष ओली

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने गरी गलत नियतसाथ सरकारले अध्यादेश ल्याएको बताएका छन । उनले अहिले एमाले फुटाउने नियतले ल्याएको अध्ययादेशदे मुलुकको राजनीतिमा दूरगामी असर बताए ।

स्थायी कमिटीको मङ्गलबार बसेको बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले देशको समुन्नति र प्रगति गर्ने पनि एमालेकै काँधमा रहेको बताए । सरकारले अध्यादेश ल्याएर देशमा फुट मच्चाउन खोजेको टिप्पणी गरे । पार्टीमा फुटको खेती नहोस् भनेरै यसअघि संसदीय दल वा पार्टीमा ४० प्रतिशतको व्यवस्था गरिएको उनले स्मरण गरे ।

अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था भए पनि त्यो देश र जनताका लागि हुनुपर्ने अध्यक्ष ओलीले बताए । अहिले अध्यादेश जारी गर्नुपर्ने कुनै आवश्यकता नभएका बेला एमाले फुटाउनकै लागि मात्र अध्यादेश ल्याइएको उनले टिप्पणी गरे । आफू प्रधानमन्त्री भएका बेला पनि अध्यादेश आए पनि त्यसबेला र अहिलेको स्थिति फरक रहेको बताए ।

एमालेका सचिव योगेश भट्टराईले नेपाली दल विभाजनले प्रतिक्रान्ति शक्तिहरु सल्बलाउन थालेको बताए । पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने भन्दै एकताबद्ध हुन पार्टी पङ्क्तिलाई आग्रह गरे ।

error: Content is protected !!