Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

२४ सय संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौं  :  मुलुकमा पछिल्लो २४ घण्टामा कोभिड(१९ संक्रमणको कारण थप ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४८२ जना कोभिड संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १५ हजार २९० जनाको नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना संक्रमित भएका छन् ।

१ हजार ७८१ जना निको भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।