आठबीस नगरपालिकाले ल्यायो ४८ करोडको बजेट
दैलेख : दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थक वर्षका लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैंया बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख दीपा बोहोराले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ प्रक्षेपण गरेकी छन् ।
चालुतर्फ २६ करोड ८४ लाख र पुँजीगततर्फ २१ करोड ४७ लाख २७ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बोहोराले बताइन् ।
त्यस्तै संघीय सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँटमार्फत प्राप्त हुने रकम ८ करोड ९८ लाख ७० हजार र संघीय सरकारको सशर्त अनुदान रकम २२ करोड ३३ लाख रुपैयाँ प्रप्त हुने बजेटमा उल्लेख छ ।
प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान रकम १ करोड १० लाख ३३ हजार ,प्रदेश सरकारको राजस्व बाडफाटबाट प्राप्त हुने रकम ८ लाख २४ हजार १ सय ६ र मौज्जाद ४ करोड गरी बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाले ल्याएको नयाँ बजेटमा श्रीमती गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुरभत्ताको व्यवस्था गरिने नीति लिइने उनको भनाइ छ ।त्यस्तै नगरपालिकाले दुई वटा भैंसी पाल्ने र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा गरेको छ ।साभार नेपाली प्रेस