Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

संवैधानिक निकायमा २० जना नियुक्त


काठमाडौ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा २० जनालाई नियुक्त गरेकी छिन । साथै, न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छिन । प्रधानमन्त्रीको सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको बिज्ञप्तीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा डा हरि पौडेल, आयुक्त,डा सुमित्रा श्रेष्ठ (व्यान्जू), आयुक्त, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, सदस्यमा माधव बेल्बासे, सदस्य, वीरबहादुर राई, दिनेश सिलवाल, सदस्य,मञ्जुकुमारी, सदस्यमा नियुक्त भएका छन । तयस्तै निर्वाचन आयोगको आयुक्तमा सगुनशम्शेर जबरा, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,विपिनराज निरौला, सदस्य, राष्ट्रिय महिला आयोग,जया घिमिरे, सदस्य,सावित्राकुमारी शर्मा, सदस्य,सुन्दर पुर्कोटी, सदस्य राष्ट्रिय समावेशी आयोगमा रामकृष्ण तिमल्सेना, अध्यक्ष,पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य नियुक्त भएका छन ।

त्यस्तै आदिवासी जनजाति आयोग सूर्यबहादुर गुरुङ, सदस्य, मधेसी आयोग, आभाकुमारी, सदस्य थारु आयोग,उमाशङ्कर प्रसाद चौधरी, सदस्य, शान्ति मोदी, सदस्य र मुस्लिम आयोगसदस्यमा मोहम्मद समशुल हक, नियुक्त भएका छन ।