Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

राउटे समुदाय सुर्खेतबाट सल्यानमा स्थानान्तरण

सुर्खेत  :  जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतबाट सल्यानमा स्थानान्तरण भएका छन् । बस्ती सार्ने क्रममा झन्डै १० वर्षपछि उनहिरु सल्यान पुगेका हन् । पहिले सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे विगत १० वर्षयता सल्यान फर्केका थिएनन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायले मंगलबार सल्यानको कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका छन् । राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय अहिले करिब १ सय ५० जना जती छन् । सामान्यतया कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन्।

जंगलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन्। जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन्। गुराँस गाउँपालिका दैलेख स्थायी ठेगना भएका राउटेहरु सुर्खेत र दैलेखका विभिन्न स्थानमा बसाँइ सर्दै आएका थिए । राउटे बस्ती बसेको ठाउँमा कुनै घटना भएमा अन्य ठाउँ बसाइसर्ने उनीहरुको चलन छ ।