Loading... आजः मङ्लबार, जेष्ठ ८, २०८१
Trending

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

काठमाडौँ : राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम भएकी छन्।नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय भएका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठबाट थालनी भएको बताए।