Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चूडामणि शर्मासहित तीनविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं  :  आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर फर्छर्यौट आयोगका २०७१ का पदाधिकारी अध्यक्ष लुम्बध्वज महतसँगै उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बराबरको मुद्दा दायर भएको छ। बुधबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले उनीहरुमाथि कानुनविपरीत कर छुट दिइएको आरोप लगाएको छ। कर वक्यौताको विषयमा आयोगका पदाधिकारीले आपसी कुराकानीलाई मात्र आधार मानेर छुट दिने गरी सम्झौता गरेर मनोमानी गरेको देखिएको आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध आयोगको ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरेको देखिएको दाबी गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अनुसार एक अर्ब ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरुमाथि कैद वा जरिवाना सजाय हुने मागदाबीसहित विशेष अदालत ऐन २०४९ को दफा ९ को आधारमा बुधबार विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता रिसालको भनाइ छ ।साभार