Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग आग्रह

काठमाडौं  :  कोभिड १९ महामारीविरुद्ध एकजुट भएर लड्न नेपालले एसियाली मुलुकहरुलाई आग्रह गरेको छ । ‘एसियाको भविष्य’ विषयक २६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको निश्पक्ष वितरण र पेटेन्ट राइट अन्य विकसित मुलुकहरुलाई दिन आग्रह गरे ।

कोभिडले थलिएको विश्वको पुनउत्र्थानमा एसियाली भूमिका विषयमा आयोजना गरिएको सम्मेलनलाई नेपालसहित भारत, मलेसिया, भियतनाम, थाइल्यान्ड लगायतका मुलुकका प्रधानमन्त्री तथा विदेशमन्त्रीले सम्बोधन गरेका थिए ।
सम्बोधनमा क्रममा प्रधानमन्त्रीले नेपालको पछिल्लो कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी दिँदै परीक्षण, रोकथाम र उपचारमा जोड दिइएको बताए । साथै, अक्सिजन र खोप आपूर्तिका लागि उनले आग्रह गरे । कोभिड १९ महमारीसँग जुधिरहेका मुलुकको सहायताका लागि विकसित मुलुकहरुले प्राथमिकता निर्धारण गर्नुपर्नेमा समेत उनको जोड थियो ।

सहकार्य, साथ र सह(अस्तित्व एसियाको चरित्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले खोप सहायतामा जोड दिए । विश्व नै अन्धविश्वास र असहिष्णुताले ग्रसित भएको बेला एसियाले बौद्ध धर्मलाई जन्म दिएको बताउँदै प्रधानमन्त्रीले बुद्ध जन्मथलो लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा विकास गर्ने कार्यमा सरकार अघि बढेको समेत जानकारी गराए ।

नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्ने तर्फ अघि बढेको बताउँदै प्रधानमन्त्रीले सन् २०३० भित्र सहस्राब्दी विकास लक्ष्य हासिल गरेर मुलुकलाई मध्यम आय भएका मुलुकमा स्तरोन्नती गर्ने आफूहरुको योजना रहेको समेत उनले बताए ।