Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

काठमाडौं  :  संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ ५ बजेसम्मको समय दिएकी थिइन् । यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
यस्तै प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् । अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् । अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् र विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्छिन् या प्रधानमन्त्री ओलीको कुरा सुन्छिन् रुयसबारे प्रष्ट हुन केही समय अझै कुर्नुपर्नेछ ।