Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

कोरोना सङक्रमण जोखिम बढेपछि बैँक बन्द

दैलेख  :  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निषेधज्ञा हुँदा समेत नियन्त्रण उन्मुख नभए पछि जिल्लामा रहेको बाणिज्य बैक तथा बित्तिय सस्थाहरु बन्द हुने भएका छन । मंगलवार मात्र ६४ जनामा कोरोना देखिए पछि बाणिज्य तथा बित्तिय सस्थाहरु बन्द गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंक दैलेखले सुचना जारी गर्दै जिल्ला प्रशासनको पत्रानुसार जिल्लामा कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै बैंकका दैलेख शाखा जेठ ५ गतेबाट ११ गते सम्मलाई (आन्तरिक कामकाज, राजश्व संकलन, तथा एटिएम) बाहेकका सबै कामहरु बन्द गरिएको जनाएको छ ।

बाणिज्य बैक दैलेख शाखाका शाखा प्रबन्धक चेतन कुमार बि.सीले जानकारी बैककै बैकमा आउँने ग्राहककै कारण थप जोखिम हुने भएका कारण बैक बन्द गर्नु परेको बताए ।

जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गतेदेखि बैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा बैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो । प्रशासनले गोष्ठि, सभा, सम्मेलन, समारोह, विद्यालय, कलेज, तालिम, जिमखाना, ब्यूटिपार्लर, सैलुन, फेन्सी, हार्डवेयर, होटल, रेष्टुरेन्ट, चिया नास्ता पसल, वित्तिय संस्था, गैरसरकारी संस्था, मनोरञ्जनात्मक गतिविधी, मन्दिर चर्च, धार्मीक अनुष्ठानमा गरिने पुजाआजा ध्यान र अनावश्यक हिँडडुलमा पूर्ण रोक लगाएको छ ।