राष्ट्रियसभा चुनावको मनोनयन जेठ ४ गते
काठमाडौँ : निर्वाचन आयोगले लुम्बिनी प्रदेशको रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आयोग १७ गते हुने मतदानका लागि जेठ ४ गते मनोनयनको अवधि तोकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधको उजुरी दिने जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।
त्यस्तै जेठ ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
उनका अनुसार जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह आयोगले दिनेछ।