Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

जोखीम भत्ता नपाए पछि स्वास्थ्यकर्मी आन्दोलित

दैलेख  :  गाउँपालिकाले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै ठाटिकाँध गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन ।सरकारले गत वर्ष कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने निर्णय गरे पनि दैलेखको ठाटीकाँधका दुई दर्जन स्वास्थ्यकर्मीले गत वर्षको भत्ता अझै पाउन नसकेको भन्दै गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
मन्त्रिपरिषद्को आदेशअनुसार कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोनाविरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध हुने बताईएको थियो । गत वर्षकै जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीले कोरोनाको दोस्रो लहरमा नखटिने चेतावनी दिएका छन् । ठाटिकाँध गाउँपालिकाकी नर्सिङ अधिकृत छैठौ मञ्जु शाहीले कोरोनाविरुद्ध अग्रपङ्त्तिमा खटिएका स्वास्थ्यकर्मीले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराइदिन पटक पटक माग गर्दा गाउँपालिकाले सुनुवाई नगरेको बताइन । उनले गाउँपालिकामा कार्यरत झण्डै ४८ जना स्वास्थ्यकर्मीले पुनः बुधबार गाउँपालिकालाई चेतावनी सहितको जोखिम भत्ता मागपत्र लेखेको बताइन । गाउँपालिकामा रहेको स्वास्थ्य शाखाका प्रमुख रविन्द्र भण्डारीले समेत जोखिम भत्ता लिइसकेको आन्दोलित स्वास्थ्यकर्मीको दावी गरेका छन ।
प्रथामिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रहुनभएकी लक्ष्मी रावतले जोखिम भत्ताका लागि दुई पटक ध्यानकर्षण पत्र बुुझाएको भएपनि सुनुवाई नभएको बताइन । उनले गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले जोखिम भत्ता १२ लाख बिनियोजन गरेको भन्ने गर्नुभएको भएपनि आफुहरुले नपाएको बताइन । उनले भन्नि पहिलो चरणमा काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका कारण दोस्रो चरणमा उहाँहरु कोही पनि जान नमान्ने गरेको बताइन ।

यता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले गत वर्षको श्रावण देखी कात्तिक मसान्त सम्म काम गरेका स्वास्थ्यकर्मीका लागि कोरोना जोखिम भत्ता नआएको बताए । उनले काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका कारण पनि महामारीमा खटाउन समस्या भएको बताए । उनले भने सरकारले कि खाएकै तलव बाट त्यसमा काम गर्नु पर्ने भनेर भन्नुपथ्र्यो नत्र खटिएका स्वास्थ्यकर्मीका लागि बजेट पठाउनु पर्ने थियो त्यसमा सरकार चुकेको देखिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाःजीवन ज्ञावलीले घर परिवार आफन्त र आफ्नो जिम्मेवारी सम्झेर आइसोलेसन अस्पतालमा बसेर काम गरेको भएपनि भत्ता नपाएका कारण अग्रपंतिमा खटिने चिकित्सकको समेत मनोवल घटेको बताए ।