Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

तीन गाउँपालिकाका दुई हजारलाई रोजगारी

दैलेख  : कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका र गाउँमै बेरोजगार ररहेका तीन गाउँपालिकाका दुई हजार जनालाई रोजागरी दिन थालिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा एभरेष्ट क्लव दैलेखको सहजीकरणमा जीवीको पार्जन तथा आर्थिक पुर्नउत्थान परियोजनाका कार्यक्रम मार्फत जिल्लाका महावु गाउँपालिका,भैरवी गाउँपालिका, नौमुले गाउँपालिकामा रहेको करिव दुई हजार जनालाई रोजगारी र सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।

गाउँपालिकाको योजना तर्जूमाबाट छनोट भई आर्थिक श्रोतको अभावका कारण कार्यसंचालन हुन नसकेका कृषि सडक, सिचाई कुलो, माटो संरक्षण, बृक्षारोपण, पानी घट्ट जस्ता सामाजिक सम्प्तीहरुको निर्माणका लागि बेरोजगार युवाहरुको संलग्नतामा विभिन्न आयोजनाहरु निर्माण संगै रोजगारी दिन लागिएको हो ।

गाउँपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगार युवाहरुलाई कम्तीमा ४० दिनको रोजगार प्रदान गर्ने उद्देश्यले एक हजार चार सय जनालाई सर्शत सहितको रोजगारीका लागि तीन करोड ३६ लाख र निसशस्र्त सेवाग्राहीहरु (सामाजिक सुरक्षा भत्ता बापत छ सय जनालाई एक करोड ४४ लाख रुपैया प्रदान गरि स्थानीय तहमा सामाजिक सम्पति निर्माण गर्न लागिएको बताइएको छ ।

जीवीको पार्जन तथा आर्थिक पुर्नउत्थान परियोजनाका कार्यक्रम संयोजक टेकराज आर्चायले नौमुले गाउँपालिकामा ७ वटा, महाबु गाउँपलिकामा ९ वटा र भैरवी गाउँपलिकामा १० वटा गरि २६ वटा योजनाहरु निर्माण गरिने बताए । उनले उनीहरुको रोजगारी संगै स्थानीय सरकारले बनाएका योजनाहरु निर्माण हुने बताए ।

उनले भने १८ देखि ५९ वर्ष उमेर भन्दा बाहिर भएका घरधुरीहरु जहाँ दिर्घरोगीहरु, सुत्केरीहरु, अपांगता भएका व्यक्तिहरु हुन्छन् र आम्दानीको लागि कुनै पनि अवसर हुदैन्न त्यस्ता घरपरिवारका छ सय जना सामाजिक सुरक्षा भत्ता र अन्यलाई दैनिक ज्यालादारीमा रोजगारी दिने मुख्य उद्देश्य रहेको बताए ।