Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

महावु गाउँपालिकाका सबै विद्यालय दिन बन्द

दैलेख  :  जिल्लाको महावु गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना –१९ को संङक्रमणको जोखिमका कारण विद्यालय बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ । सोमवार गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै गाउँपालिकामा रहेको सामुदायिक विद्यालय र सस्थागत विद्यालय बैशाख ८ गते देखी २० गते सम्म बन्द गर्ने निर्णय गरेको हो ।
सोमवार महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भत्तबहादुर मल्ल द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भारत बाट नेपाल फर्कनेको संख्या बढ्दै गएका कारण विद्यालय बन्द गर्नु परेको र भारत बाट आउने नागरिक समेत आफुहरु यहाँ बाट आएको भनेर नखुलाउने समस्या कारण गाउँमा समेत कोरोना संङक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर विद्यालय बन्द गर्नु परेको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा यो अवधीभर पठन पाठन बन्द गरी कोरोनाको जोखिमलाई हेरी सम्पुर्ण विद्यालयलेहरु बैशाख २१ गते देखी कक्षा ८ बाहेकका कक्षाहरुको वार्षिक परीक्षा संचालन गर्ने व्यवस्था मिलाउन समेत सबै विद्यालयका प्रधानध्यापकलाई आग्रह गरिएको छ । संघिय सरकारले ठुला सहरमा रहेको सामुदायिक विद्यालय,सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । अन्य पहाडी जिल्लामा कोरोनाको जोखिम हेरेर विद्यालयल बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको थियो ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाई दैलेखम प्रमुख तेज बहादुर थापाले कोरोनाको जोखिमलाई ध्यान दिएर विद्यालय संचालन गर्न समपुर्ण विद्यालयलाई आग्रह गरिएको बताए । आइतवार बसेको कोभिड विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय संचालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको थियो ।