Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

कोरोना जोखिम भारत बाट फर्कने बाटै

दैलेख  :  भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका दुल्लू नगरपालिका–२ का छत्रबहादुर नेपाली उपचारकै क्रममा शनिवार दुल्लू अस्पतालमा मृत्यु भयो । भारतमै कोरोना संङक्रमण पुष्टि भएका उहाँले मुम्वई संगै काम गर्ने साथीहरुलाई परिवारको अन्तीम मुख हेर्न भन्दै घर आए ।

घर आएकै दिन परिवारका सदस्यले कोरोनाको जस्तै लक्षण देखिए पछि दुल्लु अस्पतालमा पु¥याए । श्वासप्रश्वासमा समस्या भए पछि दुल्लु अस्पतालमा रहेको चिकित्सकको टोलीले अक्सीजन चलाएर उपचार सुरु ग¥यो ।

दुल्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रिफर गरेको थियो तर आफन्तले एम्बुलेन्सको तयारी गर्दै उनको मुत्यु भयो ।
मृतक नेपालीले आफुलाई कोरोना संक्रमण नभएको बताए पछि कोरोना पोजेटिभ नभनेकोले दुल्लू अस्पतालमा रहेका तीन वटा डाक्टहरुले समेत सामान्य सुरक्षा मापदण्डमा उनको उपचार गरेका थिए । दुल्लु अस्पतालका डाक्टरको टोली कोरोना पोजेटिभ भएको खबर सुनेपछि तनावमा देखिएका छन् ।

दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले मृतक नेपालीमा कोरोनाको लक्षण मिलेपछि अहिले काम गर्न समस्या भएको बताइन । त्यस्तै भैरवी गाउँपालिका एक जना, आठबिस नगरपालिकाका दुई जना,नारायण नगरपालिका तीन जनामा पनि भारत बाट आएकै श्रीमानकै कारण कोरोना संक्रमण हुन पुगेका छन ।

भारत लगायतका विभिन्न मुलुकमा काम गर्ने नागरिकहरु दैनिक घर फर्किए पनि विभिन्न चेक पोष्टमा सोध्दा समेत जानकारी नदिने गरेका कारण गाउँहरु कोरोनाको जोखिम बढ्दै गएको छ । नेपाल सरकारले विभिन्न जिल्लाका नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरी उनीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको भए पनि त्यहा भारत बाट आउनेहरु नै ढाट्ने गरेका कारण गाउँमा कोरोनाको जोखिम बढेको बताइएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुुख थी प्रसाद रेग्मीले जिल्लामा आइसोलेसन अस्पतालमा रहेको ४ जना,आठबिस नगरपालिकामा रहेका २ जनाको ट्राभल हिष्ट्रि हेर्दा सबै जना भारत बाट आएकै कारण कोरोना संङक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले जिल्लामा काम गर्ने राष्ट्रसेवक कर्मचारी तीन जनमा समेत कोरोना देखिएका कारण कहा र कसरी संक्रमण फैलियो भन्न भन्ने नसकिने बताए ।

उनले धमाधम ढाटेर घर आउँने र घर परिवार संगै थाहा नै नदिएर बस्ने गरेका कारण ६ महिनाबो बालिकामा समेत कोरोना संङक्रमण देखिएको बताए । उनले भने ६ महिनाको बालिकालाई कसरी कोरोनाको लक्षण देखियो भनेर त्यसको ट्राभल हिष्ट्रि हेर्दा बालिकाको बुवा नै भारत बाट आएको बुझियो अव गाउँमा कोरोना जोखिम नबढेर कहा बढ्नु । दैलेखमा शनिवार दुल्लूमा र भेरी अञ्चल अस्पताल नेपालगंगमा १÷१ जनाको मृत्यु भएपछि मुत्यु हुनेको संख्या ८ पुगेको छ ।