Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

स्थापना दिवसमा अवसरमा रक्तदान

दैलेख :  नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसका अबसरमा सोमवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दिवसका अबसरमा आठबीस नगरपालिकाको राकमकर्णालीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समिति आठबीस नगरपालिका दैलेखको आयोजना तथा, आठबीस नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेत र नेपाल रेडक्रस सोसाइटी आठबीस उपशाखा राकमकर्णालीको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समिति आठबीस नगरपालिकाका अध्यक्ष नगेन्द्रबहादुर शाहीले नेविसंघको ५२ औँ स्थापना दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको जानकारी दिए । उनले अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव भुपेन्द्र शाही, आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहरासहित २४ जनाले रक्तदान गरेको बताए । उनले रक्तदान कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतमा पठाइएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पार्टी सचिव भुपेन्द्र बहादुर शाहीले नेपाल विद्यार्थी संघले जनताको जनजीविकाका सवालमा काम गर्दै रहेको बताउँदै उहाँले नेपाल विद्यार्थी संघलाई रचनात्मक काम गर्न आग्रह समेत गरेका छन ।

error: Content is protected !!