Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

घरेलु हिसांले बढाउँदै आत्महत्या

दैलेख :  नारायण नगरपालिका –१ की ३७ वर्षिया जानकी बादीले कात्तिक पहिलो साता घरमै झुण्डिएर आत्महत्या गरिन । सरदमुकाममा दैनिक ज्याला दारी गरेर खाने उनीहरुको परिवारमा श्रीमानले दिनहुँ मदिरा सेवन गरेर तनाब दिने र चरम गरीवीका कारण उनले आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुल्यो ।

आमाले आत्महत्या गरेको तीन महिना पुग्दै १८ वर्षिय छोरी गोल्डेन बादीले आत्महत्या गरिन् । घरमा दिनहु बुवाले मदिरा सेवन गर्ने र आमाको सम्झनाले डिप्रेसनमा परेर १८ बर्षीया ती युवतीले आमाले आत्महत्या गरेकै ठाउँमा आत्महत्या गरिन । एकै घरका आमा छोरीको आत्महत्या गरेको करिव दुई महिना नबित्दै सोहि बस्तीकै जानकी बादीको बहिनी २६ बर्षीया सम्झना बादीले सोही घर नजिकै रुखमा झुण्डेर आत्महत्या गरिन । सुर्खेत भेरीगंगा नगरपालिकामा बिहे गरेकी उनका श्रीमानको भारतमा काम गर्ने क्रममा टिप्परले हानेर हत्या भएको थियो ।

श्रीमानको हत्या पछि दैलेख नमुना बस्तीमा बस्ने उनी कालिकोटका युवा संग बिहे गरेकी थिइन । पहिलाको घरको छोरा साथमा राखेर पालनपोषण गरेकी उनको श्रीमान संग दैनिक झगडा पर्ने थालेपछि आत्महत्या रोजेको प्रहरीले अनुसन्धानले देखाएको छ ।

फागुन २३ गते दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरिन् । कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो ।

आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भने १० दिनपछि कर्णाली नदिको किनारमै भेटिएको थियो । चारछोराछोरी सहित कर्णालीमा हाम फाली डुबेर मृत्यु भएकी सुकी तीन महिनाको गर्भवती रहेको पुष्टि भएको छ । प्रहरी निरीक्षक सुनारका अनुसार सुकीको पेटमा तीन महिनाको बच्चा रहेको पोष्ट्मार्टम रिर्पोटले देखाएको छ ।
उक्त घटनामा सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धामा प्रहरीले अनुसन्धान थालेको छ । सुकीका श्रीमान ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरसिंह थापाले आत्महत्या दुरुत्साहन मुद्दा दिए संगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक इन्द्रजीत सुनारले प्रहरीको प्रारम्भिक अनुसन्धानले सुकी गरिबी र श्रीमानले मदिरा सेवन गर्ने गरेका कारण मानसिक तनाबमा थिइन् । प्रहरी निरीक्षक सुनार भने गरिबी र श्रीमानले मदिरा सेवन गर्ने गरेका कारण उनी आवेगमा आइन् र चार सन्तान, गर्भमा हुर्कदै गरेको शिशु सहित मृत्यु रोज्न बाध्य भएको अनुसन्धानमा खुलेको छ ।
दैलेखमा पछिल्लो समय आत्महत्याका घटना बढ्दो छ । प्रहरीको तथ्यांकमा जिल्लामा पछिल्लो चार बर्षको अवधीमा एक सय ६१ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष ०७४÷०७५ मा ३९, ०७५÷०७६ मा ३८, ०७६÷०७७ मा ४३ जना चालु आर्थिक बर्षको चैत्र दोस्रो सातासम्म ४१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षमा आत्महत्या गर्ने मध्ये ३३ जनाले झुण्ड्एिर, ७ जनाले विष सेवन गरेर र एक जनाले धारिलो हतियार प्रयोग गरेर आत्महत्या गरेका छन् ।

पारिवारिक कलह, हिंसा र तनावले आवेगमा आएर आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । गरिबी,बेरोजगारी एवं लैंगिक तथा परम्परागत हिंसाका कारण हुने पारिवारिक कलहले मानिसहरु तनावमा रहन्छन्, त्यही तनावका कारण आत्महत्या बढेको छ । श्रीमान श्रीमतीबीच झै–झगडा, मनमुटाव, गरिबीका कारण आवेशमा आउने र आत्महत्या गर्ने धेरै रहेको सामाजिक मनोविमर्षकर्ता बताउँछन ।

मनोविमर्षकर्ता रमा श्रेष्ठले आत्महत्या कम गर्न स्थानीय तहले समुदायस्तरमा सामाजिक मनोविमर्श, नैतिक शिक्षा र सामाजिक क्रियाकलापबारेका कार्यक्रम चलाउनुपर्ने बताए । उनले आत्महत्या बढुनको प्रमुख कारण गरिवी, घरेलु हिंसा प्रमुख कारण भएको बताउँदै उनले मानिसलाई डिप्रेसनमा जान नदिन स्थानीय सरकारले विभिन्न कार्यक्रम संचालन गर्नेु पर्ने बताइन ।