Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नयाँ वर्ष २०७८ को शुभकामना

नयाँ वर्ष वि सं २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। वि.सं २०७८ सँगै कोरोनाको कहर समाप्त होस् साथै यस कठिन परिस्थितिमा यहाँहरु सबैको धैर्यता र मनोबल उच्च बनोस् भन्ने कामना समेत गर्न चाहन्छौं।

गत वर्ष देखी बिश्वमा फैलिएको कोरोना महामारीका कारण हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि अथक प्रयासका बावजुद हामीले आफुन्तहरु गुमाउन पुगेका छौ । पुन दास्रो चरणको कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ । नयाँ वर्षको अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका नेपालीहरुलाई कोरोना महामारी बाट बच्न आग्रह गर्न चाहान्छु ।

स्वस्थ रहौं, सुरक्षित रहौं भन्दै पुनः एकपटक नव वर्ष २०७८ को शुभ अवसरमा सबै नेपालीहरुमा सु(स्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।