Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

दैलेखका २४ सामुदायिक बनमा डढेलो

दैलेख  :  सामुदायिक बन समिति को वेवास्ताका कारण जिल्लाका अधिकाँस सामुदायिक बन जंगलहरुमा डढेलो लागेको छ । डढेलोले जिल्लाका ११ स्थानीय तहमा रहेका सामुदायिक वनहरु डढेंलोले सखाप पारेको छ । गर्मी बढे सगै अधिकाँस बनजंगलहरुमा बढेलो लागेपछि सम्बन्धित निकायले चासो नदिदा अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।

हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । अहिलेसम्मा जिल्लाका २४ भन्दा वटा सामुदायिक जङ्गलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय दैलेखले बढ्दो गर्मीसँगै लामो सयमदेखी पानी नपरेकाले दिनहँु दैलेखमा आगलागीका घटना बढ्दै गएको जानकारी दिएको छ ।

डिभिजन बन कार्यालयका साहायक बन अधिकृत नवराज पौड्यालले जिल्लाका ३८४ सामुदायिक बन मध्ये २४ वटामा आगजाली भएको आफुहरुलाई जानकारी आएको बताए । उनले २४ सामुदायिक बनको ८२२ हेक्टर क्षेत्रमा क्षती भएको र अन्य केही ठाउँमा भएको आगजानीको बिवतरण आउँन बाँकी रहेको बताए । उनले अन्य जंगल भन्दा सल्ला भएको जंगलमा स्थानीयले जानी जानी आगो लगाउने गरेको बताए । उनले भने स्थानीयले बर्षाको समयमा घास पलाउने आशयले आगो लगाउने गरेको छन ।

आगलागीका घटना दिनहुँ बढ्दै गएपछी दैलेख ४ वटै सुरक्षा निकाय उच्च सर्तकतामा राखिएको भएपनि अहिले सम्म परिचालन गर्न सकिएको छैन । कति बेला आगलागी हुन्छ र परिचालन गर्ने भन्ने समेत अनुमान गर्न नसकिएका कारण आगलागी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन । जङ्गलमा लागेको डढेलो घरबस्तीमा नफैलियोस् भनी सबै किसिमका तयारीहरु गरिएको डिभिजन बन कार्यालयले जानकारी दिएको छ ।

आगलागीको कारण वायु प्रदुषण भएपछि पाल्पामा विहान साँझ पानी पर्ने जस्तै तुवालोले आकाश ढाकेको छ ।पशुपालन गरेका स्थानीयवासीहरुले नयाँपालुवा पलाए पछि गाईवस्तु चराउन सजिलो हुने भन्दै डढेलो लगाउने गरेका छन् भने दाउरा संकलनमा पनि सहज गराउन डढेलो लगाउने गरेको स्थानीयवासीहरु वताएका छन् ।

विगतका वर्षहरुमा सामुदायिक वन उपभोक्ता महासंघको पहलमा जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय वन उपभोक्ता र सहकारीहरु लाई विरुद्ध डढेलोका चेतनामुलक कार्यक्रम हरु संचालन गरेकोले निकै कम डढेलो लागेको थियो । कतिपय सामुदायिक वनजंगलमा लागेको डढेलो स्थानीय उपभोक्ताहरुले सामुहिक प्रयासबाट निभाएर आगलागी नियन्त्रणमा लगेका छन् कतिपय समुदायिकवन जंगल डढेलोले सखाप वनाएको छ ।

गुरासँ गाउँपालिका– ४ की पवित्रा शाहीलले सरकारले डढेले निभाउने लाई पुरस्कृत र डढेलो लगाउनेलाई सजाय यी दुबै नगरेका कारण पनि आगलागी नियन्त्रणमा स्थानीयले चासो नदिने गरेको बताइन ।