गाउँपालिका स्तरीय माटो परीक्षण शिविर
दैलेख : दुई दिने गाउँपालिका स्तरीय माटो परीक्षण शिवीर संचालन भएको छ । कर्णाली प्रदेश नेपाल भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकिकृत कृषि प्रयोेगशाला सुर्खेतको प्राबिधिक सहयोग र भगवतिमाई गाउँपालिका कृषि सेवा केन्द्रको आयोजनामा उक्त शिवीर संचालन भएको हो ।
गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले किसानले कुन माटोमा कुन बाली लगाउँदा बढि उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्यले माटो परीक्षण शिविरको आयोजना गरिएको बताए । उनले गाउँपालिकामा पहिलो पटक शिविर संचालन गर्दा किसानको उत्साहजनक सहभागिता भएको बताए । उनले किसाले माटो परीक्षणको सुचना पाए संगै अघिल्लो दिन देखि ल्याएर राखेको बताए ।
माटो परिक्षण तथा गुणस्तर नियन्त्रण शाखा प्रमुख प्रयोग बहादुर शाहीले माटो परीक्षण गर्दा नाइट्रोजन कमी ,उम्लीयपना बढि देखिएको बताए । उनले सबै किसानले ल्याएको माटो परिक्षण गर्न बाँकी रहेको हुँदा अन्य माटोमा के समस्या भन्ने विषयमा परीक्षण पछि जानकारी हुने बताए ।
भगवतिमाई गाउँपालिका –१ राम प्रसाद अधिकारीले पहिलो पटक गाउँपालिकाले पालिका स्तरीय माटो परीक्षण राखेर राम्रो काम गरेको बताए । उनले विगतमा जिल्लामा हुने माटो परीक्षण शिवीरमा केही समिति किसाले मात्र फाइदा लिने गरेको भएपनि गाउँपालिकामा नै शिविर संचालन भएपछि सबै किसानले माटो परीक्षण गर्न पाउँने बताए ।
भगवतिमाई गाउँपालिका –२ का श्याम बहादुर शाहीले आफुले अव माटो अनुसारको खेती संचालन गर्ने बताउनुभयो ।उहाँले कुने माटोमा के खेती हुन्छ र राम्रो उत्पादन हुन्छ भन्ने विषयमा जानकारी पाए संगै त्यही अनुसार खेती गर्ने बताए । भगवतिमाई कृषि शाखाकाका प्राविधिक मुकुन्द केसीले अहिले सम्म एक सय ५० जना भन्दा किसानले माटो परीक्षण गर्न ल्याएको र दुई दिनको अवधीमा चार सय सम्मले सेवा लिने बताए ।