Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जनगणना कार्यालयले थाल्यो काम

दैलेख  :  आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ का लागि दैलेख जिल्लास्तरिय सचेतना गोष्ठि सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय दैलेखको आयोजनामा जिल्लास्तरिय सचेतना गोष्ठि सम्पन्न भएको हो । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा पत्रकारहरुको सहभागितामा सचेतना गोष्ठि सम्पन्न भएको हो ।

बुधवार जिल्लास्तरिय सचेतना गोष्ठिमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले जनगणनाले निर्वाचन क्षेत्र निर्धारण गर्नमा सहयोग पु¥याउने भन्दै त्यसका गणकहरुले त्रुटि गर्न नुहने बताए । उनले दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक निर्वाचन क्षेत्र थप भई तीन वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र निर्धारण गर्न राष्ट्रिय जनगणना २०७८ ले सहयोग पु¥याउने बताए उनले भने यो जनगणना भनेको महत्वपुर्ण काम हो दश वर्षको अवधीमा एक पटक हुने हुदा जिल्ला जनगणना कार्यलय,जनगणनाका सुपरीवेक्षक, र गणकले सहि तथ्याङक ल्याउनु पर्नेमा जोड दिनु पर्छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले यस अघिका जनगणनामा धेरै नागरिकहरु छुटेको बताउँदै राष्ट्रिय जनगणना २०७८ मा कोही पनि नागरिक जनगणनाबाट छुट्न नहुने बताए । उनले जनगणनामा स्थानीय तहका जनप्रतिनिधिको महत्वपुर्ण भुमिका रहने भन्दै जनगणना कार्यलय बाट खटिने गणकलाई सहयोग गर्नु पर्ने बताए । उनले पछिल्लो गुराँस गाउँपालिकाले अस्थायी रुपमा राउँटे समुदायलाई परिचय पत्र वितरण गरेको भन्दै उहाँहरुको समुदायको पनि जिल्लामा गणना हुनु पर्ने बताए ।

कार्यक्रमका सहभागिहरुले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन जनगणना कार्यालय दैलेखलाई सुझाव दिएका छन् । कार्यक्रममा जिल्ला जनगणना कार्यालय दैलेखका प्रमुख मोतिराम रोकायाले राष्ट्रिय जनगणना २०७८ को जानकारी तथा तयारीबारे जानकारी गराएका थिए । उनले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधीमा निश्चित विधि अपनाई पूर्ण रुपमा गणना गर्ने पक्रिया भएका कारण पनि सबैले जनगणनालाई प्रथामिकता राख्नु पर्ने बताए ।

error: Content is protected !!