ग्रामिण भेगका महिला व्यवसायिक तरकारी खेतीमा
दैलेख : चुलो चौका र मेला पातमा सिमिति हुने ग्रामिण भेगका महिलाहरु पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा लागेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा रहेको महिलाहरुले बेमौसमी तथा मौसमी तरकारी उत्पादन सम्बनधी तालीम पाए पछि व्यवसायिक रुपमा तरकारी खेतीगर्न थालेका हुन । परम्परागत गुजारामुखी खेतीपाती गर्ने प्रचलनले वर्षभरी खान नपुग्ने र सानोतिनो खर्चका लागि अरूकै मुख ताक्नुपर्ने अवस्थाबाट मुक्त हुन आफुहरु व्यवसायिक तरकारी खेतीमा लागिपरेको यहाँका महिलाहरु बताएका छन ।
आठबिस नगरपालिका –३ की सपना शाहीले घर परिवारका लागि मात्र पहिले खेती गर्ने गरेको भएपनि पछिल्लो समय व्यवसायीक रुपमा खेती गरेको बताइन । उनले वारीमा अहिले टमाटर, काउली, आलु बन्दा खेती गरिरहेका छौ, तरकारी खेतीबाट आम्दानी बढ्न थालेपछि खुसी छौ ।’ उनले गाउँका धेरै महिलाहरुले समुह गठन गरेर तरकारी खेतीमा गरिरहेको बताईन । उनले हिउँदमा लगाउने भनेको गहु खेती हो गुह लगाएर दुई मुरी नहुने ठाउँमा तरकारी खेती गरेर १० मुरी भन्दा बढि खरिद गर्न सकिने रहेछ त्यस कारण पनि तरकारी खेती प्रति आर्कषण बढेको बताईन । उनले भन्नि अहिले एक सिजनमा ३० देखी ४० हजार सम्म तकारी खेती गरेर आम्दानी गर्ने गरेका छौ ।
आठबिस नगरपालिका – ३ कै नानी कार्कीको पहिला धेरै जग्गामा अन्यबाली लगाउने र तरकारी कम जग्गामा लगाउने गथ्र्यौ अहिले धेरैमा तकारी खेती र कम जग्गामा अन्य खेती गरेको बताइन । उनले यहाँका महिला मात्र होईन रोजगारीका लागि प्रत्येक वर्ष ६÷६ महिनामा कालापहाड जाने पुरुषहरु समेत गाउँ फर्केर तरकारी खेतीमा जोडिन थालेका छन् ।
गुराँस गाउँपालिका –४ की पदमा शाहीले यो वर्ष तकारी खेती गरेर राम्रो आम्दानी गरेको बताइन । उनले तरकारी खेती सिचाई अभावका छ ,सिचाई भयो भने एक सिजनमा ६० हजार भन्दा बढि आम्दानी गर्न सकिने बताइन । उनले सहयोगी सस्थाहरु र गाउँपालिकालाई सिचाईको व्यवस्था गर्न माग गरिन । उनले कोरोना संक्रमणका कारण जोखिममा परेका र रोजगारी गुमाएर घर फर्केकालाई बिउ, प्राबिधिक सहयोग गरेपछि अहिले गाउँका प्रत्येक महिला मात्र होईन पुरुष समेत व्यवसायिक तरकारी खेतीमा लागेको बताईन ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा सञ्चालित साकार परियोजनाको सहयोगमा आठबिस नगरपालिका र महिला शसक्तिकरण मञ्च द्धारा संचालित परियोजना मार्फत गुराँस गाउँपालिकाका महिलाहरु तरकारी खेतीमा जोडिएका छन् । परियोजनाले किसानहरुलाई मौषमी बेमौषमी तरकारीका बीउ, पोली हाउस, सरल थोपा सिचाई, गार्डेन पाइप सहयोग गर्दै आएको छ । बाख्रा पालन गर्ने किसानहरुलाई बाख्रा सहयोग गरिएको छ, भने व्यवसायिक तरकारी खेती गर्ने किसानहरुलाई प्राविधिक सहयोग प्रदान गरिएको छ ।
महिला शसक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले गुराँस गाउँपालिकाका –२,५,७ मा कोरोना महामारीका कारण स्वदेश फर्केकालाई सहयोग गरे संगै व्यवसायिक तरकारी खेती तर्फ आर्कषण बढेको बताईन । उनले युएनडिपि र गाउँपालिकाको सहयोगमा संचालन भएको कार्यक्रममा मार्फत तीन सय भन्दा किसान लाभाम्वित भएको बताइन ।