Loading... आजः सोमवार, असार ७, २०७८
Trending

प्रधानमन्त्रीको दौडमा छैनः देउवा

काठमाडौँ  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्। शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन्।

प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको उनले स्पष्ट पारे। ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन’, देउवाले भने। नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि देउवाले बताए।

‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौँ, संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ’, देउवाले भने। नेकपाको दाहाल–नेपाल समूहले कांग्रेससँग मिलेर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले भने आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।

error: Content is protected !!