थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ताप्लेजुङमा १, मोरङमा ३, काठमाडौँमा ४५, काभ्रेमा २, चितवनमा १३, दोलखामा १, भक्तपुरमा ६, मकवानपुरका १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।
यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा १६, गोरखामा १, तनहुँमा २, म्याग्दीमा १, स्याङ्जामा १, गुल्मीका १, बर्दियामा ५, बाँकेमा १, रुपन्देहीमा ५, जुम्लामा ७, तथा कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार बुधबार ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ।
गत २४ घन्टामा ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ। हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।