माथिल्लो कर्णाली आयोजना अघि बढाउन लगानी बोर्डको पहल

सुर्खेत : लामो समयदेखि अलपत्र परेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना अघि बढाउन लगानी बोर्डले पहल गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले आयोजना विकास सम्झौता (पिडिए) अनुसार निर्माण प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो।
भारतीय कम्पनी जिएमआरले पटक–पटक समय थप्दा पनि लगानी जुटाउन सकेको छैन। त्यसमाथि बङ्गलादेशले पाँच सय मेगावाट विद्युत् खरिद नगर्ने भएपछि आयोजना थप अन्योलमा परेको छ। सन् २०१४ मा पिडिए भएको यस आयोजनाको निर्माण अझै सुरु हुन सकेको छैन।


