Loading... आजः बुधबार, अशोज २८, २०८३
Trending

हुलाक मार्फत घरमै पुग्यो राहदानी


दैलेख  :   जिल्लाका हुलाक कार्यालयले दुई सय २७ जनाको राहादानी घरमै पु¥याएको छ । राहादानी वितरणलाई सहज बनाउँनका लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय विच भएको सम्झौता अनुसार जिल्ला हुलाक कार्यालयले २२९ थान राहदानीमध्ये २२७ थान सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी दिएको छ ।
सरकारी सेवा अर्थात् राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याउने सम्बन्धमा २०८३ वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला हुलाक कार्यालय दैलेखबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार हुलाक कार्यालयले राहदानी सम्बन्धित व्यक्तिको घरमै पु¥याउने काम गर्दै आएको जिल्ला हुलाक कार्यालयकी प्रमुख निर्मला थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वितरणका लागि प्राप्त २२९ थान राहदानीमध्ये २२७ थान सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको छ । एक जना सेवाग्राही फेला नपरेपछि एउटा राहदानी फिर्ता गरिएको छ भने अर्को एक थान वितरणका लागि पठाइएको भए पनि त्यसको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो। हुलाकमार्फत राहदानी घरमै पु¥याउने व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी जिल्ला प्रशासन कार्यालयबाट टाढा रहेका नागरिकलाई यस सेवाले समय र खर्च बचत गर्न मद्दत पुगेको कार्यालय प्रमुख थापाको भनाइछ ।
कार्यालयका अनुसार वितरणका लागि पठाइएका राहदानीको अवस्थाबारे विवरण संकलन गर्ने तथा सम्बन्धित व्यक्तिसम्म पु¥याउने प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ ।सेवाग्राहीले समयमै आफ्नो राहदानी प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायबीच समन्वय र वितरणको अभिलेख व्यवस्थित राखेर त्यसको प्रतिबेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने काम हुलाक कार्यालयले गरिरहेको उहाँको भनाइछ ।