नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न


दैलेख : डुङ्गेश्वर गाउँपालिका– १ चुप्रामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
नागरिक र प्रहरी बिचको सम्बन्धलाई मजबुद बनाउने उद्देश्यले आयोजना गरिएको नागरिक सुनुवाईमा स्थानीय नागरिकले शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी–नागरिक सम्बन्ध तथा समुदायमा देखिएका विभिन्न समस्याबारे जिज्ञासा र सुझाव राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवणकुमार विकले नागरिक बाट आएका सुझावलाई आत्मसाथ गर्दै सेवा प्रवाह गरिने बताउनुभयो । उहाँले प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुले नागरिकको सहयोगबिना शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकिने बताउनुभयो । उहाँले नागरिकका समस्या तथा गुनासा सुन्न र सुरक्षा निकायको कामप्रति नागरिकको धारणा बुझ्न नागरिक सुनुवाइ कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै नागरिक सुनुवाईमा आएका गुनासोलाई सम्बोधन समेत गरिने बताउनुभयो ।
डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले नागरिक पनि बिना बद्रिको प्रहरी भएको स्मरण गर्दै सभ्य समाज निर्माण र अपराध नियन्त्रणमा नागरिकको महत्पूर्ण भूमिका हुने बताउनुभयो ।
अपराध तथा सामाजिक विकृति नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउँदै नागरिकका समस्या, गुनासा र सुझाव सम्बन्धित निकायसम्म पुर्याउन नागरिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

