Loading... आजः आइतवार, भदौ २८, २०८३
Trending

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि


काठमाडौँ  :  नेपाल भलिबल लिग (एनभीएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ ले सेट आफ्नो पक्षमा पार्यो । विजेता बनेसँगै अन्नपूर्णले २० लाख प्राप्त गरेको छ । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलोपटक आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी थिए