कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शाहीले आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उहाँको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीले बताउनुभयो । शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गर्नुभएका थिए ।


