Loading... आजः बिहिबार, साउन ७, २०८३
Trending

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु


दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीया कमला कुमारी खत्री रावल र उनका ९ वर्षीय छोरा आयुस रावल रहेका छन् । प्रहरीका अनुसार साउन ३ गते राति करिब ३ बजे कमला घरको बर्दलीमा र छोरा आयुस घरभित्रको कोठामा सुतिरहेका बेला सर्पले टोकेको थियो । राति कुनै असहज लक्षण नदेखिए पनि बिहान दुवै जनालाई रिंगटा लागेपछि उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर रावलका अनुसार आयुसको साउन ४ गते बिहान स्थानीय मेडिकलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । उपचारका लागी मेडिकलमा पुग्नुभएकी कमलालाई तत्काल उपचार गर्न लैजान स्थानीय मेडिकलले अनुरोध गरेपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएको थियो । जिल्ला अस्पतालले जिल्लामा उपचार सम्भव नभएको बताएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिदिएको थियो । प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा साउन ६ गते बिहान कमलाको पनि निधन भएको उहाँले जानकारी दिनुभयो ।
श्रीमान र श्रीमती र छोरा छोरी संगै सुतेको समयमा बार्दलीमा सुत्नुभएकी कमल र भित्र कोठमा सुतेका छोरालाई सर्पले टोकेको अनुमान प्रहरीले गरेको छ । प्रहरी निरीक्षक रोकायले जिल्ला अस्पतालमा समेत सर्पको टाकोईको उपचार गरेको बाट प्रहरी पनि सर्पकै टोकाई बाट मृत्यु भएको भन्ने कुरामा विश्वस्त छ ।