Loading... आजः शुक्रबार, असार २६, २०८३
Trending

राउटे समुदायलाई खाद्यान्न वितरण

फाइल तस्बिर

सुर्खेत  :  लोपोन्मुख घुमन्ते राउटे समुदायलाई खाद्यान्न राहत वितरण गरिएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाअन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका–९, काँडा सिम्तामा अस्थायी रूपमा बसोबास गरिरहेका राउटे समुदायलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको हो।

राउटे समुदायको खाद्य सुरक्षा तथा दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको परियोजनाले जनाएको छ। वितरण कार्यक्रममा राउटे समुदायका घरपरिवारलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

 

सोसेक नेपालले राउटे परियोजनामार्फत समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, अधिकार संरक्षण तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। राउटे समुदाय अहिले सुर्खेतको सिम्ता गाउँपालिका–९, काँडा सिम्तामा अस्थायी रूपमा बसोबास गर्दै आएको छ।