Loading... आजः शुक्रबार, जेष्ठ ८, २०८३
Trending

असिना पीडीत किसानलाई राहत


दैलेख :  नौमुले गाउँपालिकामा परेको असिनाका कारण क्षति बेहोरेका किसानलाई राहत वितरण गरिएको छ । गाउँपालिकाका वडा नं. १, २ र ३ का एक सय ७० घरपरिवारलाई प्रति परिवार एक–एक प्याक चामल वितरण गरिएको हो । असिना पीडित परिवारका लागि तीन तहका सरकारले तत्काल कुनै राहत उपलब्ध नगराएपछि मानेन्द्रचन्द फाउण्डेशनले राहतस्वरूप चामल वितरण गरेको जनाएको छ ।
फाउण्डेशनका सह–संयोजक गगनबहादुर बस्नेतले गाउँपालिकाभर करिब आठ सय घरधुरी असिना पीडित भए पनि आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार राहतका लागि एक सय ७० जनाले निवेदन दिएका थिए । तीमध्ये बिहीबार एक सय ५५ जनालाई चामल वितरण गरिएको हो ।
राहतस्वरूप चामल लिने स्थानीयले असिनाका कारण गहुँबाली नष्ट भएपछि खाद्यान्न किनेर खान नसक्ने अवस्था रहेको भन्दै राहतले ठूलो सहज भएको बताएका थिए । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले असिना पीडित परिवारका लागि आगामी आर्थिक वर्षमा अनुदानका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । गाउँपालिकाले असिना पीडीतको राहातका लागी प्रदेश सरकार समक्ष सहयोगका माग गरेको भएपनि अहिले सम्म कुनै जवाफ नपाइएको बताउनुभयो । रोजगारीका लागी अमेरिका बस्दै आउनुभएका मानेन्द्र चन्दले मानेन्द्र चन्द फाण्डेशन दर्ता गरी गरिव,बिपन्न ,बालबालिकाका क्षेत्रमा नियमित सहयोग गर्दै आएको जनाएको छ ।
फाण्डेशनका सह सहयोजक गगन बस्नेतले २०८२ सालको एसइइ परिक्षामा उत्तिर्ण हुने विद्यार्थीका लागी पालिका स्तरीय पुरस्कारको घोषणा समेत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभर प्रथम हुने विद्यार्थीका लागी ५० हजार,दितिय हुने विद्यार्थीका लागी ३० हजार,तृतिय हुने विद्यार्थीका लागी १५ हजार र चौथौ हुने विद्यार्थीका लागी पाँच हजार रुपियाँ घोषणा गरी आवश्यक प्रमाणहरु संकलन पश्चात पुरस्कार वितरण गरिनेछ । त्यस्तै पालिका स्तरीय उत्कृष्ट विद्यालय विद्यार्थी उत्तिर्ण हुने प्रतिशतका आधारमा पहिलो २० हजार,दोस्रो १५ हजार तेस्रो दश हजार पुरस्कार वितरण गरिनेछ । फाण्डेशनले विषगत शिक्षक तर्फ बिज्ञान शिक्षक सात हजार,अग्रेजी शिक्षकलाई सात हजार,गणित शिक्षकलाई सात हजार पुरस्कार समेत विरण गर्न लागेको छ ।