एमाले संसदीय दलमा बादल सर्वसम्मत चयन


काठमाडौँ : नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा भीष्म अधिकारीका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ।”
संसदीय दलको नेताका अर्का नेता सुहाङ नेम्वाङ आंकाक्षी भए पनि सर्बसहमतीका साथ राम बहादुर थापालाई दलको नेता चयन गरिएको छ ।

