Loading... आजः शुक्रबार, बैशाख ४, २०८३
Trending

नागरिकमैत्री कानुन निर्माणमा जोड दिन्छु


दैलेख  :  दैलेख निर्वाचन क्षेत्र नः १ बाट पहिलो पटक नवनिर्वाचित सांसद बासना सना थापाले दैलेख जिल्लाका समस्यालाई सदनमा प्रथामिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यबाद दिन तथा सुझाव तथा समस्या सुन्न निर्वाचन क्षेत्र नः १ का विभिन्न पालिकामा पुग्नुभएकी उहाँले गोरखापत्रसंग कुरा गर्दै यहाँका विकास निर्माणका साथै महिला माथी हुने डिजिटल हिंसा र युवाहरुलाई नेपालमै रोजगारी दिन सकिने नीति निर्माणमा आफुले सदनमा आवाज बुलन्द गर्ने बताउनुभयो ।
सांसद थापाले दैलेख जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने अब्यबस्थीत बस्तलाई ब्यबस्थीत बनाउने,लालपुर्जा बिहिन बादी समुदायलाई पुर्जा वितरणका लागी पहल गर्ने,नेपालगञ्ज सुर्खेत दैलेख महावु जोड्ने त्रिदेशीय सडक निर्माणका लागी आवश्यक बजेट बिनियोजनगरी स्तरउन्नती गर्ने, दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पद्धार्थको उत्खननका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
जनताले गरेको भरोसा र आशा अनरुपन काम गर्ने जिम्मेवारी अव आफ्नो काँधमा आएको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकासका लागी यहाँका क्रियाशिल राजनितिक दल,सरोरकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै प्रथामिकता निर्धारण गरी काम गर्ने स्पष्ट पार्नुभयो । सांसद थापाले भन्नुभयो सडक,खानेपानी,बिजुली सञ्चार स्वास्थ्य र शिक्षा जस्ता आधाभुत पूर्वाधारलाई प्रथामिकता राखेर काम गर्नेछु । निर्वाचनमा प्रतिष्पर्धामा रहेका राजनितिक दल र उम्मेदवार संग समन्वय र सहकार्य गरेर यहाँका समस्या सदनमा राख्ने उहाँले बताउनुभयो । हामीले हाम्रो पार्टीका सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर निर्वाचनमा गएको भएपनि हामीले भने अनुसार मत प्राप्त गर्न सकेनौँ । संसदमा हामी प्रमुख प्रतिपक्ष भएका कारण जनताका आवाजलाई बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारमा भए पनि प्रतिपक्षमा रहे पनि जनप्रतिनिधिको प्रमुख दायित्व जनताको आवाज उठाउनु नै हो । सरकारमा हुँदा आफ्नै नेतृत्वमा काम गर्न सकिन्छ भने सरकारमा नभए पनि जनतालाई साथमा लिएर दबाब सिर्जना गर्न सकिन्छ । म जनताको कुरा प्रभावकारी रूपमा सरकारसम्म पु¥याउने वातावरण सिर्जना गर्ने छु । सांसद थापाले जिल्लाका विभिन्न पालिकामा निर्माण भइरहेका अस्पताल तथा स्वास्थ्य चौकी, सडक ,पुल निर्माणको काम छिटो अघि बढाउन तीनै तहका सरकारसँग समन्वय र सहकार्यको वातावरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्र मध्ये एक मात्र प्रत्यक्ष निर्वाचित महिला भएका कारण कर्णालीका महिलाले भोग्नु परेका छाउँपडि प्रथा लगायतका समस्यालाई संदनमा प्रथामिकता दिन्छु सासद थापाले भन्नुभयो कर्णालीका महिला मात्र होईन महिलाले पछिल्लो समय डिजिटल हिंसाको सिकार भएर अकालमै मुत्युवरण गर्नुपर्ने बाध्यतालाई रोक्न कानुन निर्माणमा आफु र आफ्नो पार्टीले भुमिका खेल्नेछ ।
युवाहरु दिन प्रतिदिन बिदेशीनु पर्ने बाध्यतालाई रोक्नका लागी युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराउँने विषयमा समेत जोडदार माग गर्दछु । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको उप प्रमुखमा नेकपा एमालेकी साबित्री मल्ल संग पराजीत हुनुभएकी उहाँले पहिलो पटकको प्रयासमै सांसदमा निर्वाचित हुनुभएको छ ।