Loading... आजः शनिबार, फाल्गुन २३, २०८२
Trending

ट्रिपर दुर्घटनामा चालकको मृत्यू


दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ डम्पायामा आज भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सल्यानको बाघचौर नगरपालिकाका २७ वर्षीय हरिलाल भण्डारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

बडालादेखि चाल्लेचौतारा जोड्ने भित्री सडक खण्डको सडक निर्माण कम्पनी श्याम एण्ड शंकर प्रालिले प्रयोग भएको क।प्र। ०२००१ क ०१५० नं। को ट्रिपर स्टार्ट गर्ने क्रममा एक्कासी ब्रेक फेल भई सडकबाट ५ मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुराई उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले जानकारी दिनुभयो ।