Loading... आजः शनिबार, फाल्गुन २३, २०८२
Trending

मतदान अधिकृत र सहायकलाई तालिम


दैलेख  :  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा दैलेख क्षेत्र नं १ का मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको आज दैलेख सदरमुकाममा १ दिने तालिम भएको छ । ७५ स्थानका १०६ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागिता थियो ।

मतदान स्थलको बनावट, स्थानीय स्तरमा समन्वय, व्यवस्थापकीय तयारी लगायतका विषयमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, सहायक निर्वाचन अधिकृत बिरेन्द्र मल्ल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरबहादुर सलामीले सहजीकरण गर्नुभएको थियो ।

मतदान स्थल र मतपेटिका सुरक्षा विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सवलजंग शाह, डीएसपी गणेशबहादुर बराल र सशस्त्र डीएसपी मातृका पौडेलले प्रकाश पार्नुभएको थियो ।