Loading... आजः आइतवार, फाल्गुन ३, २०८२
Trending

दैलेखका दुबै निर्वाचन क्षेत्रमा पुगे मतपत्र

दैलेख  :  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखका दुई वटै निर्वाचन क्षेत्रका २१ जना प्रत्यक्ष तर्फका उम्मेदवार र समानुपातिक तर्फ दलहरुलाई मतदान गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले मतपत्रहरु पुर्‍याएको छ ।

क्षेत्र नंं १ का नौ वटा राजनीतिक दलका उम्मेदवार तथा एक जना स्वतन्त्र समेत १० जना र क्षेत्र नं २ का लागि नौ वटा दलीय उम्मेदवार तथा दुई जना स्वतन्त्र समेत ११ जना उम्मेदवारका चिन्ह अंकित मतपत्र प्राप्त भएको बताइएको छ ।

दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको दैलेखमा जिल्लाभर कुल १ लाख ६१ हजार २०४ मतदाता रहेकामा निर्वाचन आयोगले क्षेत्र नं १ मा ७९ हजार ७०१ र निर्वाचन क्षेत्र नं २ मा चाहि ८१ हजार ५०३ अन्तिम मतदाता कायम गरेको छ ।